Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

जनगणनामा त्रुटि भएको पुष्टि, थपिए ७ लाख ७१ हजार ९९८

  जनगणनामा त्रुटि भएको पुष्टि, थपिए ७ लाख ७१ हजार ९९८ २७ असार, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणन...

 

जनगणनामा त्रुटि भएको पुष्टि, थपिए ७ लाख ७१ हजार ९९८





२७ असार, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको पुष्टि भएको छ । यसअघि जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो । राष्ट्रिय जनगणनामा केही त्रुटि भएको छ कि भनेर यसको प्रभावकारिता पत्ता लगाउन गरिने ‘गणना जाँच सर्वेक्षण (पीईएस)ले यस्तो देखाएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको प्रभावकारिता जाँच गर्न यस्तोे सर्वेक्षण हुने गरेको छ । सर्वेक्षणबाट पत्ता लागेका जनगणनामा छुट मानिसहरु समेत जोड्दा नेपालको वास्तविक जनसंख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ ।

‘यो सर्वेक्षणको नतिजापछि जनसंख्या २ करोड ९९ लाख पुगेको छ भन्ने मिल्ने भयो’, निर्देशक लामिछानेले अनलाइनखबरसँग भने । तर नेपालको जनसंख्याको आधिकारिक तथ्यांकहरुमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने लामिछानेले बताए ।

यो जनगणनामा कुल २ दशमलव ७३ प्रतिशत त्रुटि देखिएको छ । जसमध्ये छुटपुट २.५८ प्रतिशत छ र दोहोरो गणना ०.१५ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । यस हिसाबले गणना छुट भएको जनसंख्या२ दशमलव ५८ देखिएको र त्यसलाई प्राविधिक रुपमा ठूलो अंश भने नमानिने उनले बताए ।

त्रिभुवन विश्वविद्यालयले गर्‍यो जाँच सर्वेक्षण

कार्यालयले २०७८ साल भन्दा अगाडि आफैंले जनगणनाको जाँच सर्वेक्षण गर्दै आएको थियो । सैद्धान्तिक अवधारणा र संयुक्त राष्ट्रसंघको सुझाव अनुसार यस्तो सर्वेक्षण स्वतन्त्र र सो क्षेत्रमा दक्षता प्राप्त निकायबाट गराउनु पर्छ । सोहीकारण २०७८ सालको पूर्णता र शुद्धता मापन गर्न कार्यालयले श्रम अध्ययन कार्यक्रम, त्रिभुवन विश्वविद्यालयलाई यसको जिम्मेवारी दिएको थियो । सोही अनुसार विश्वविद्यालयले जनगणनामा ७ लाख ७१ हजार जना व्यक्तिको जनगणनामा छुट भएको निष्कर्ष निकालेको हो ।

निर्देशक लामिछानेका अनुसार यस्तो सर्वेक्षणले जनगणनामा गणना हुनुपर्ने व्यक्ति छुटेको, दोहोरिएको वा गलत गणना भएको विवरण पत्ता लगाउने उद्देश्य राखेको हुन्छ । जनगणनाको काम २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालमा भएको थियो । नतिजा जाँच सर्वेक्षणको काम भने २०७८ सालको माघ महिनाको अन्तिम साताबाट सुरु गरी २०७९ साल जेठ मसान्त भित्र सम्पन्न गरिएको थियो । स्थलगत रुपमा भने २०७८ साल चैत १ गतेदेखि १५ गतेसम्म टोली खटिएका थिए ।

कुन विधिबाट पुगियो निष्कर्षमा ?

जनगणना जाँच सर्वेक्षण २०७८ नाम दिइएको यो सर्वेक्षणले स्थलगत गणना कार्यको विधि र प्रक्रिया मुल जनगणनाकै अपनाएको बताइएको छ । यसका लागि देशैभर भने गणक पुगेनन् । बरु नमुनाका रुपमा गणना क्षेत्र छनोट गरियो । ती क्षेत्रमा भने जनगणनामा जस्तै पूर्ण गणना गरिएको थियो ।

सर्वेक्षण प्रतिवेदन अनुसार जनगणना २०७८ का गणना क्षेत्रलाई प्राथमिक छनोट एकाई मानेर नमुना गणना क्षेत्र छानिएको थियो । सो अनुसार देशलाई ८ बृहत्तर क्षेत्रमा विभाजन गरिएको थियो । ती ८ क्षेत्रबाट शहरी र ग्रामीण भेगको समुचित प्रतिनिधित्व हुने गरी १०÷१० गणना क्षेत्र नमुनाका रुपमा छानिएको थियो । यस अनुसार ८० गणना क्षेत्र छानिए । नमुना क्षेत्रमध्ये शहरी क्षेत्रबाट ५० र ग्रामीण क्षेत्रबाट ३० क्षेत्र छानिएका थिए । हिमाल, पहाड र तराई सबै क्षेत्रलाई नमुनामा समेटिएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार गणना जाँच सर्वेक्षणमा मुल जनगणनामा प्रयोग भएको प्रश्नावलीको छोटकरी रुप तयार गरी सोधिएको थियो । यसरी आएको निष्कर्षका आधारमा देशभर छुटेको जनसंख्याको नतिजा निकालिएको सर्वेक्षण नतिजा प्रतिवेदनमा उल्लेख छ ।



No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।