Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

झापा गाउँपालिकाका अध्‍यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  झापा गाउँपालिकाका अध्‍यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा २७ असार,  काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  झापा गाउँपालिकाका अ...

 

झापा गाउँपालिकाका अध्‍यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा







२७ असार,  काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  झापा गाउँपालिकाका अध्‍यक्ष जय नारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकीसहित ११ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले झापा गाउँपालिकाका अध्यक्ष जय नारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले भ्रष्टाचारको आरोपमा गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दङ्गाल, इञ्जिनियर अभिषेक दास र सव इञ्जिनियर विज्ञान चम्लागाईविरुद्ध रु २२ लाख नौ हजार आठ सय २३ दशमलव ४० रकम बढी भुक्तानी दिएको आरोपसहित मुद्दा दायर गरेको छ ।

आयोगले लक्ष्मीमार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र कोषाध्यक्ष शन्तमाया सुब्बा लिम्बूले कार्यसम्पन्न भएको झुट्टा बिल पेस गरी रु २२ लाख नौ हजार आठ सय २३ दशमव ४० पैसा भुक्तानी लिइ भ्रष्टाचार गरेको आरोपमा बिगोसमेत जफत गर्न माग गरेको छ ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले उपभोक्ता समितिलाई वास्तविकभन्दा बढी भुक्तानी दिने बदनियतले गलत सिफारिस गरेकाले कानुनबमोजिम कैद र जरिवानाको गरिएको छ ।

गाउँपालिकाका तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजक रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लेखित योजना सम्पन्न भइसकेको भनी निर्णय गरी प्राविधिक मूल्याङ्कन अनुसारको रकम उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको आरोपमा कानुन बमोजिम कैद र जरिवाना हुन मागदाबी गरिएको छ ।

आयोगले गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हरिबहादुर बाँनिया, वडा–७ का तत्कालीन वडाध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा–३ का तत्कालीन वडाध्यक्ष मोतिलाल गणेश अनुगमन तथा सुपरीवेक्षण समितिको सदस्य रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लिखित योजना सम्पन्न भइसकेको भनी निर्णय गरेको साथै योजनाको भुक्तानीको लागि सिफारिस गरेको आरोप लगाएको छ । उनीहरुविरुद्ध कानुन बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ ।




 


No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।