प्रतिनिधिसभाको बैठक बस्दै, एमालेले अवरोध नगरे प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँस...
प्रतिनिधिसभाको बैठक बस्दै, एमालेले अवरोध नगरे प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
बैठक दिउँसो ३ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा बस्ने तालिका छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर पछिल्ला केही दिनदेखि नेकपा एमालेले संसद अवरोध गरिरहेको छ ।
आज पनि एमालेले संसद अवरोध गर्ने संकेत गरेको छ । एमालेले संसद अवरोध नगरेमा भने आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने सम्भावना छ।
आइतबार प्रधानमन्त्रीले तीन दलका शीर्ष नेताहरूसँग बैठक गरी सदन खुलाउने विषयमा छलफल गरेका थिए।
असार १८ गतेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले र रास्वपा लगायतले संसद अवरूद्ध गर्दै आएका छन्।

No comments