Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

विदेश जान साढे ७ लाखले श्रम स्वीकृत लिए

  विदेश जान साढे ७ लाखले श्रम स्वीकृत लिए चालु आर्थिक वर्षको असार २२ गतेसम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेसिने नेपालीको स...

 

विदेश जान साढे ७ लाखले श्रम स्वीकृत लिए



चालु आर्थिक वर्षको असार २२ गतेसम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेसिने नेपालीको संख्या ७ लाख ५१ हजार ८ सय ४ जना नाघेको छ। पछिल्लो समय वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीहरूको संख्या बढ्दै गएको छ।चालु आर्थिक वर्षको १२ महिनामा साढे सात लाख भन्दा बढीले श्रम स्वीकृति लिएका हुन्।

अघिल्लो आर्थिक वर्षमा ६ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए। विभागले आर्थिक वर्ष २०५०/५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्यांकमा सबै भन्दा बढी यस चालु आर्थिक वर्षमा यसरी श्रम स्वीकृति लिनेको संख्या बढ्दो देखिएको विभागको तथ्यांकबाट देखिएको छ।

हालसम्म नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्याले नयाँ रेकर्ड बनाएको विभागका निर्देशक गुरुदत्त सुवेदी बताउँछन्।उक्त संख्या दिनैपिच्छे बढ्दै गएको उनले बताए। श्रम स्वीकृति लिएर प्रत्येक महिना कम्तीमा पनि ६० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने गरेको पाइएको छ। गत फागुनमा वैदेशिक रोजगारमा ६१ हजार आठ सय ४५ जना गएको देखिन्छ।

चैतमा वैदेशिक रोजगारीका लागि ६१ हजार चार सय ७८ युवाले श्रम स्वीकृति लिएका थिए। यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो।गत वैशाख महिनामा ५४ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका थिए।वैशाखमा विश्वका ९० वटा देशमा ५४ हजार चार सय ५७ जना रोजगारीका लागि गएको विभागको तथ्यांकमा उल्लेख छ। चालु आर्थिक वर्षको साउनबाटै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढ्दै गएको छ।

‘वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुक जाने गरेका छन्। पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ। श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपालीहरू जाने गरेका छन्। चालु आर्थिक वर्षको असार २२ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या करिब सात लाख ५२ हजार पुगेको छ,’ निर्देशक सुवेदीले भने।

असार महिना नसकिँदै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीको लागि नेपाली कामदार सबैभन्दा धेरै मलेसिया गएका छन्। श्रमस्वीकृति लिई २ लाख ५५ हजार ६ सय २२ जना नेपाली कामदार यही असार महिनामा मात्र मलेसियामा गएका छन्। त्यस्तै १ लाख २९ हजार ५ सय १५ जना कतारमा, १ लाख १२ हजार ६ सय ७ जना युएईमा र १ लाख ९ हजार ८ सय ५२ जना साउदी अरेबियामा कामको खोजीमा विदेसिएका छन्। पछिल्लो समय नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको विभागको भनाइ छ।


No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।