च्यानडाँडामा चौरी गोठालाले भेटे दुर्घटना भएको हेलिकोप्टर, खराब मौसमले उद्धारमा हेलिकोप्टर जान सकेन उनले भने, ‘‘च्यान डाँडामा चौरी गोठालाहर...
च्यानडाँडामा चौरी गोठालाले भेटे दुर्घटना भएको हेलिकोप्टर, खराब मौसमले उद्धारमा हेलिकोप्टर जान सकेन
बिहान १०ः०५ मा सुर्केबाट उडेको मनाङ एयरको नाईन एन ए एम भी कलसाईनको हेलिकोप्टर दुर्घटना भएको हो।
काठमाडौं। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरा डाँडामा दुर्घटना भएको छ। लामजुरा डाँडाको च्यान डाँडामा चौरी गोठालाहरूले हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका हुन्।
घटनास्थल लिखुपिके गाउँपालिका ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडा हो। गाउँपालिकाको कार्यालयबाट तीन घण्टाको पैदल यात्रामा छ। मोटर साइकलमा कच्ची बाटोमा झन्डै २ घण्टा लाग्ने वडाध्यक्ष ङिमाछिरि लामाले बताए।
बिहान १०ः०५ मा सुर्केबाट उडेको मनाङ एयरको नाईन एनएएम भी कलसाइनको हेलिकोप्टर दुर्घटना भएको हो।
हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए। उक्त हेलिकोप्टरमा क्याप्टेनबाहेक ५ जना विदेशी सवार रहेका तेन्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख महेश श्रेष्ठले बताए।
सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको थियो। उद्धारको लागि २ वटा निजी हेलिकोप्टर जाँदै छ। खराब मौसमका कारण जान कठिन भएको छ।
हेलिकोप्टरमा सवार मेक्सिकन नागरिकहरू
१, सीफुन्ट जी फर्नाडो
२, रिनकोन स्मार
३, सीफुन्ट मारिया
४, गुन्जालेज ओलाक्लो
५, जोन्जालेक्स एब्रिक

No comments