Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

श्रीमतीको नाममा फेसबुक खोलेर ‘कोइ छ मसँग रात बिताउने’ लेख्ने पुरुष पक्राउ

  श्रीमतीको नाममा फेसबुक खोलेर ‘कोइ छ मसँग रात बिताउने’ लेख्ने पुरुष पक्राउ काठमाडौं।  आफ्नै श्रीमतीको नाममा नक्कली फेसबुक अकाउन्ट खोलेर अश्...

 

श्रीमतीको नाममा फेसबुक खोलेर ‘कोइ छ मसँग रात बिताउने’ लेख्ने पुरुष पक्राउ




काठमाडौं। आफ्नै श्रीमतीको नाममा नक्कली फेसबुक अकाउन्ट खोलेर अश्लील स्ट्याटस पोस्ट गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले गोरखाका ३७ वर्षीय वीरबहादुर भट्टलाई पक्राउ गरेको हो। सम्बन्ध राम्रो नरहेकी श्रीमती कमलाको नाममा उनले फेसबुक अकाउन्ट खोलेर जथाभाबी लेख्दैआएका थिए।

पछिल्लो समय वीरबहादुरले कमलाको नाम र तस्वीर राखेर अकाउन्ट खोलेको र ‘को छ मसँग रात बिताउने ?’ भन्दै पोस्ट गरेका थिए। कमलाले उजुरी गरेपछि प्रहरीले अनुसन्धान गरेको थियो।

नक्कली आइडी बनाएर पोस्ट गर्ने वीरबहादुर संलग्न रहेको पत्ता लगाइएपछि पक्राउ गरिएको हो। २०७४ फागुनमा विवाह गरेका कमला र वीरबहादुरबीच राम्रो सबन्ध छैन। दुवै जना अलग्गै बस्दै आएका छन्।

पतिले राम्रो व्यवहार नगरेको भन्दै कमला छुट्टै बस्दै आएकी थिइन्। सोही कारण आवेगमा आएर आफूले नक्कली अकाउन्ट बनाइ चरित्र हत्या गर्न खोजेको वीरबहादुरले स्विकारेका छन्।

वीरबहादुरले श्रीमतीको नाममा टिकटक अकाउन्टसमेत बनाएर उनका भिडिओ अपलोड गरी आपत्तिजनक क्याप्सन लेख्दैआएका थिए।

वीरबहादुरविरुद्ध ५ वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गरेर अदालतमा मुद्दा दायर भएको प्रहरीले जनाएको छ।


No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।