Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

बालेनले खोले २० वर्षदेखि बन्द रहेको सडक

  बालेनले खोले २० वर्षदेखि बन्द रहेको सडक काठमाडौं।  काठमाडौं महानगरको मेयरमा बालेन शाह आएपछि २० वर्षदेखि बन्द रहेको एक सडक खुलेको छ। महानगर...

 

बालेनले खोले २० वर्षदेखि बन्द रहेको सडक




काठमाडौं। काठमाडौं महानगरको मेयरमा बालेन शाह आएपछि २० वर्षदेखि बन्द रहेको एक सडक खुलेको छ।

महानगरले झन्डै २ दशकपछि नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउन्ड भित्रबाट मूल सडकसँग जोडिने सडक खुला गरेको हो।

जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षे अवधिमा सडक खुल्न सकेको थिएन। यसअघि मेयर विद्यासुन्दर शाक्यले खुलाउने पहल गरे पनि सकेका थिएनन्। अहिले सडक खुलेपछि स्थानीय खुसी भएका छन्।

सडक खोल्नका लागी मेयर बालेन गत साउन ५ गते फिल्ड निरीक्षणमा गएका थिए। सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि प्रधानसेनापतिसँग भेटेर समाधानका लागि छलफल गरेका थिए।

आयोजना प्रमुख निर्मलराज बरालले भने ‘‘सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि प्रधानसेनापतिसँग भेटेर समाधानका लागि छलफल भयो। यसपछि सडक खोल्ने वातावरण तयार भयो। अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मूल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको छ।’’

त्यो आयोजनामा पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भू भगवान् पाउ वनस्थली सडक, उत्तरमा बालाजु–वनस्थली चक्रपथ (ट्रयाक रोड) र दक्षिणमा स्वयम्भू–भगवान् पाउ–विजेश्वरी हुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको जमिन छ। काठमाडौं महानगरपालिका–१५ र १६ भित्र पर्छ। दुवै वडामा गरेर करिब १ हजार ३६९ रोपनी जग्गा छ।

आयोजना क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०६० वैशाख ५ गते सूचना जारी भएको थियो।

यसपछि सहरीकरणबाट विकास व्यवस्थापन र सुविधा वितरणमा समानता ल्याउन विभिन्न प्रयोजनको लागि जग्गा छुट्टाइएको थियो।

आयोजनाभित्रको ७२% प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्टाइएको थियो। यसमा २४.४७% सडकका लागि, २.००% पार्क तथा खुला क्षेत्रका लागि, ०.५०% धार्मिक तथा सांस्कृतिक क्षेत्रका लागि र १.०३% भचाखुशी नदीका छुट्टाइएको छ।

आयोजना शुरू हुनुअघि त्यस क्षेत्रमा निजी प्रयोगकर्ताको जग्गाले ९२.४२% भाग ओगटेको थियो। सडकले ४.६५%, कुलोले १.१५%, पर्ती जग्गाले ०.३१% र भचाखुशी नदी १.४७% क्षेत्र ओगटेको थियो। एकीकरण योजनाको माध्यमबाट जग्गा विकास गरी सम्बन्धित जग्गा धनी तथा मोहीलाई सुविधा सम्पन्न घडेरी फिर्ता दिनु आयोजनाको मुख्य काम हो।

No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।