आरजु भन्छिन्- शरणार्थी प्रकरणमा मलाई रकम दिएको भन्ने अडियो योजनावद्ध हो काठमाडौं । नेपाली काँग्रेसकी सांसद आरजु राणाले नक्कली भूटानी शरणा...
आरजु भन्छिन्- शरणार्थी प्रकरणमा मलाई रकम दिएको भन्ने अडियो योजनावद्ध हो
आरोपितहरुले अदालतमा दिएको बयानमा समेत योजनावद्ध रुपमा रेकर्ड गरेको उल्लेख रहेको भन्दै उनले आफूलाई फसाउने गलत नियतले अडियो बाहिर ल्याइएको बताईन् । उनले नेपाल प्रहरीले तथ्यहिन अडियोलाई प्रेसमा ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
‘त्यो मान्छे केशमा मुछिएकै मान्छे हो । तर उसले जे भनेको छ, त्यो चाहीँ गलत भनेको र उसले आफैपनि स्वीकार गरेको छ कि दुईवटा मान्छेको नाम लिएको छ, एकजना बुढाथोकी र एकजना रेग्मी भन्नेले यो योजनामा मलाई यसो यसो भन भनेर मैले भनेको हो’ उनले भनिन्, ‘म उहाँलाई चिन्दिनँ भन्ने उहाँले प्रहरीमा र अदालतमा पनि त्यही बयान दिनुभएको छ, अर्को कुरा मेरो प्रश्नचिन्ह, प्रहरीकोमा भएको टेप त्यो मान्छेले म उहाँलाई चिन्दिनँ भनेर वैशाख ४ गते उसको बयान रेकर्ड भएको रहेछ । त्यो पनि अदालतमा दिएको डकुमेन्टमा साबित छ ।’
‘४ गते उसले म चिन्दिनँ भनेको टेप १६ गते कसरी प्रहरीबाट बाहिर आयो ? यो मेरो लागि पनि ठूलो प्रश्न हो । भोली कसैलाई साजिसमा फसाउने हो भने यो गलत हो भन्ने थाहा पाउँदा पाउँदै किन बाहिर प्रेसमा लिक भयो भन्ने प्रश्न चिन्ह मेरो मनमा छ’ उनले अगाडी भनिन्, ‘मैले बाहिर आउनुपर्छ भनेको कुरा त कसले बोलेको पो बाहिर आउनुपर्छ भनेको हो । जब उनीहरुलाई थाहा थियो कि यसमा तथ्य छैन भनेर । त्यो किन बाहिर आयो ? तथ्य होइन भनेको कुरालाई किन बाहिर ल्याइयो ?’
उनले अमरेशकुमार सिंह विरुद्ध आफूले मानहानीको मुद्दा दर्ता गराएको प्रसंग निकाल्दै आफूमाथि लगाइएको आरोपहरु पुष्टि गर्न चुनौति समेत दिईन् ।
#आरजु

No comments