सञ्चारसचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश काठमाडौं । ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबह...
सञ्चारसचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं । ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउने आदेश दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सचिव राउतलाई असार २४ गते पक्राउ गरेको थियो ।
उनको तर्फबाट उषा राउतले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले २४ घण्टाभित्र लिखित जवाफसहित व्यक्तिलाई नै अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
‘के कसो भएको हो ? निवेदकको माग बमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो’ भनेर सर्वोच्चले सोधेको छ। निवेदकको माग बमोजिम आदेश दिनुनपर्ने भए २४ घन्टाभित्र सबूत प्रमाण सहित पेश गर्न भनिएको छ।
यो प्रकरणमा सरकारी कागजात कीर्ते सहित संगठित अपराधको कसूरमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ।


No comments