Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

इक्वेडरमा केबलकारमा १० घण्टा यात्रु अलपत्र

  इक्वेडरमा केबलकारमा १० घण्टा यात्रु अलपत्र!! क्विटो । इक्वेडरको राजधानी क्विटोमा रहेको विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबलकारमा करिब १० घ...

 

इक्वेडरमा केबलकारमा १० घण्टा यात्रु अलपत्र!!


क्विटो । इक्वेडरको राजधानी क्विटोमा रहेको विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबलकारमा करिब १० घण्टासम्म फसेका दर्जनौं मानिसलाई शुक्रबार बिहानै उद्धार गरिप्रहरी सम्मिलित अभियानपछि ७५ जनालाई ‘सुरक्षित र स्वस्थ’ अवस्थामा उद्धार गरिएको जनाएको छ

क्विटो नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अग्निनियन्त्रक र प्रहरी सम्मिलित अभियानपछि ७५ जनालाई ‘सुरक्षित र स्वस्थ’ अवस्थामा उद्धार गरिएको जनाएको छ ।

विद्युतीय समस्याका कारण प्रणाली अवरुद्ध भएपछि केबलकारमा रहेका आगन्तुकहरू ‘करिब १० घण्टा’ सम्म फसेका थिए ।


करिब चार हजार मिटर (१३,१२० फिट) को उचाइमा रहेको प्रणालीको सबैभन्दा माथिल्लो टर्मिनलमा फसेका ४८ जनालाई सबैभन्दा पहिले सुरक्षित स्थानमा ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसपछि केबलकारको तारमा रोकिएका अन्य १७ जनालाई केबलकारबाट नजिकैको सुरक्षित स्थानमा झारिएको थियो भने अन्य १० जना सेवा पुनः सुरु भएपछि भुईँमा आएका थिए ।

उक्त केबलकार दुई टर्मिनलहरूबीच २.५ किलोमिटर (१.५ माइल) को दूरीमा फैलिएको छ भने सबैभन्दा कम उचाइ समुद्र सतहबाट तीन हजार १०० मिटरमा रहेको छ ।

नगरपालिकाको ट्वीटर अकाउन्टमा रहेको भिडियो फुटेजमा मानिसहरूलाई केबलकारबाट सुरक्षित स्थानमा राखिएको देखाइएको छ । बालबालिकासहित अन्य व्यक्तिहरूलाई केबलकारहरू सुरक्षित रूपमा भुईँमा फर्केपछि कब्बल ओडाएर आवश्यक उपचारका लागि नजिकैको अस्पतालतर्फ पठाइएको छ ।-(रासस/एएफपी) 

No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।