काेशी प्रदेशमा प्रचण्डका ज्वाइँ फेरि मन्त्री बन्दै नेकपा माओवादी केन्द्रका सांसद जीवन आचार्य आज कोशी प्रदेशको मन्त्री नियुक्त हुने भएका छन...
काेशी प्रदेशमा प्रचण्डका ज्वाइँ फेरि मन्त्री बन्दै
नेकपा माओवादी केन्द्रका सांसद जीवन आचार्य आज कोशी प्रदेशको मन्त्री नियुक्त हुने भएका छन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने तयारी भइरहेकाे छ ।
यसअघि शुक्रवार पार्टीकाे आन्तरिक विवादका कारण माओवादीले मन्त्रीकाे नाम दिन सकेकाे थिएन । माओवादीका दुर्गाप्रसाद चापागाईँले पनि मन्त्रीका लागि दाबी गरेपछि विवाद उत्पन्न भएकाे थियाे ।
प्रदेश इञ्चार्ज राम कार्कीको नेतृत्वमा बसेको बैठकले आचार्यलाई मन्त्री बनाउने सहमति गरेकाे बताइएकाे छ । उनी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन् ।
यसअघि हिक्मत कार्की नेतृत्वकाे सरकारमा पनि आचार्य मन्त्री थिए ।
1688870640.jpg)
No comments