Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

टमाटरको सुरक्षा गर्न पसलेले राखे बर्दिवाला बाउन्सर

  टमाटरको सुरक्षा गर्न पसलेले राखे बर्दिवाला बाउन्सर  एजेन्सी।  भारतीय बजारमा टमाटरको मूल्य बढेको विषयमा विभिन्न बहस  भइरहेका छन् । विभिन्न ...

 

टमाटरको सुरक्षा गर्न पसलेले राखे बर्दिवाला बाउन्सर 




एजेन्सी। भारतीय बजारमा टमाटरको मूल्य बढेको विषयमा विभिन्न बहस  भइरहेका छन् ।

विभिन्न बहस र रोचक क्रियाकलापकाबीच  वाराणसीको लंका क्षेत्रका एक तरकारी बिक्रेताले आफ्नो टमाटरको स्टक जोगाउन दुईवटा बाउन्सर तैनाथ गरेका छन् ।

यो अनौठो कदमबारे व्यापार अजय फौजीले भने, ‘बजारमा टमाटरको भाउ तपाइँलाई थाहा नै छ । टमाटरका लागि लडाइँ र लुटपाट भइरहेको छ। यस्ता घटना धेरै ठाउँमा भएका छन् । हामीले टमाटर अर्डर गरेका छौं ताकि यहाँ कुनै झगडा नहोस्, त्यसैले हामीले बाउन्सरहरू राखेका छौं।’

टमाटरको भाउ महँगो भएकाले टमाटर किन्दा मानिसबीच चर्काचर्की भएको खबर आइरहेको छ। आफ्नो पसलमा पनि धेरै झगडा हुन थालेपछि बाउन्सरहरू तैनाथ गर्ने निर्णय गरेको उनले बताएका छन् ।

यस महिनाको सुरुमा आफूले पसलमा सादा लुगामा बाउन्सर तैनाथ गरेको फौजीले बताए । तर टमाटर किन्न आएका ग्राहकले बढी बार्गेनिङ गर्न खोज्दा वर्दी लगाएका बाउन्सरहरू तैनाथ गरेका थिए।

अहिले भारतमा टमाटरको भाउ १ सय ६० रुपैयाँ किलोसम्म पुगेको छ । यस क्षेत्रमा चर्चाको बिषय बनेको यो घटना गराउने तरकारी बिक्रेता अजय फौजी समाजवादी पार्टीका कार्यकर्ता हुन् ।

गत हप्ता पार्टी अध्यक्ष अखिलेश यादवको जन्मदिनमा उनले टमाटर आकारको केक काटेर मानिसहरूलाई टमाटर बाँडेका थिए ।


No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।