प्रधानमन्त्री दाहाललाई एमाले, रास्वपा र राप्रपाले कतिसम्म अन्याय गरेका रहेछन् ? खुल्यो रहस्य काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
प्रधानमन्त्री दाहाललाई एमाले, रास्वपा र राप्रपाले कतिसम्म अन्याय गरेका रहेछन् ? खुल्यो रहस्य
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अभिव्यक्ति आएपछि उठेका प्रश्न तथा टिप्पणीको स्पष्टीकरणका लागि पहिले नै तयार भए पनि मौका नदिइएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै दाहालले आफूलाई आफ्ना कुरा राख्नका लागि अवसर नदिइएको बताए । प्रतिपक्षी दलले राजीनामा नआएसम्म संसद् चल्न नदिने भन्दै अडान लिएको कुराप्रति उनले आपत्ति जनाएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेलाई लक्षित गर्दै दाहालले यसरी राजीनामा माग्नु लोकतान्त्रिक पद्दति नभएको पनि बताए ।
राजीनामा माग गर्दै तीन दिनसम्म संसद् अवरुद्ध पारिएकोमा उनले असन्तुष्टि व्यक्त गरेका थिए । ‘म त शुरूदेखि स्पष्ट पार्नकै लागि पर्खिएर बसेको थिएँ, राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन भनियो । के यही यो संसदीय अभ्यास ? एकचोटि मैले यो सदनसमक्ष भन्न पाउनुपर्दैन ? किन तीन दिनसम्म सदन अवरुद्ध गरियो ?’, उनले भनेका छन् ।
संसदमा आफू प्रतिवादका लागि उभिएको नभएर स्पष्टीकरणका लागि उपस्थित भएको पनि उनले बताएका थिए ।
दाहालले भने, ‘मैले बुझ्न सकेको छैन । के प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिइहाल्नुपर्ने हो ? यही हो हामीले मान्दै आएको लोकतान्त्रिक पद्धति ? यी मेरा प्रश्नहरू मात्रै हुन् । म यहाँ प्रतिवादका लागि होइन, स्पष्टीकरणका लागि उपस्थित भएको हुँ ।’
दाहालले आफू लामो समयका लागि प्रधानमन्त्री बन्नेमा विश्वास नरहेको बताएका छन् । उनले आफू अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने विश्वास नरहेको बताए ।
‘म पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको हुँ, तर परिस्थितिवश मलाई प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलाग्यो । म तेस्रो पटक प्रधानमन्त्री हुँदा मलाई जनतालाई केही भन्नु छ, के गर्नु छ भनेर भनेको थिएँ, त्यही अनुसार गर्दै आएको हुँ’, उनले भने, ‘मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन । तर जति समय हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने ठानेको छु । त्यही गर्दैछु ।’
प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूको सम्बन्धमा आफू स्वयम् र अहिलेको सरकार गम्भीर रहेको बताए ।
‘मिटर ब्याजपीडितहरूको आन्दोलन लामो समयसम्म किन चल्यो ? भनेर सत्ता गठबन्धनमै मैले प्रश्न गरेको थिएँ । यो विषयमा म र सरकार गम्भीर छौं । अहिले प्रतिपक्ष दलहरूले पनि यति प्रतिबद्धता देखाइसकेपछि मिटरब्याज सम्बन्धी कानुन संसदबाट पास हुन्छ भन्नेमा म ढुक्क भएको छु’, उनले भने ।
मिटरब्याजको गम्भीर प्रकृतिको अवस्था बुझेरै सरकारले हतारमा अध्यादेशमार्फत् कानून ल्याएर कारबाही अघि बढाएको पनि उनले बताए ।
दाहालले भारतीय सरदार प्रितम सिंहको विषयमा दिएको विवादित अभिव्यक्ति भावनामा आएर बाहिरिएको भन्दै आत्मालोचना गरेका थिए । आफू सार्वभौमसत्ताका लागि सधैँ प्रतिबद्ध रहेको बताएका थिए ।
दाहालले गत साता एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति गल्ती महसुस गर्दै त्यो आफ्नो भावनात्मक अभिव्यक्ति भएको स्पष्टीकरण दिएका छन् ।
‘म थोरै भावनामा आएँ । मनमा आयो भनेँ । त्यसैले त प्रचण्ड हो,त के गर्नुहुन्छ ?’, दाहालले भने, ‘प्रधानमन्त्रीको रूपमा मैले त्यो भाषा बोल्नुहुन्नथ्यो । त्यो दिन म ज्ञानुको बुवा भएर बोलेको थिएँ ।’
उनले आफ्नो भावनात्मक शैली रहेको र यो आफ्नो कमजोरी रहेको महसुस आफूले गरेको उनले बताए ।
दाहालले गत साता सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह दिल्लीसमेत पुगेको धारणा राखेका थिए ।
उक्त धारणाप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेका थिए । अवरोध संसद् खुलाउने क्रममा प्रधानमन्त्रीले सम्बोधन गरेका हुने ।
दाहालले आफ्नो एउटै भावनात्मक अभिव्यक्तिका कारण आफ्नो अहिलेसम्मको योगदान कुनै काम नलाग्ने नभएको हो भन्दै प्रश्न गरेका छन् ।

No comments