ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालीन पासहलेखापाल पक्राउ काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहलेखापाल ...
ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालीन पासहलेखापाल पक्राउ
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल पक्राउ परेका छन् ।
गृह मन्त्रालय मातहतको उक्त कम्पनीका पूर्व सहलेखापाल पौडेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको हो ।
प्रहरी अनुसन्धानका अनुसार पौडेलले किर्ते कागजात तयार पारी ललिता निवासको जग्गा व्यक्तिका नाममा पुर्याउन सघाए वापत सूवर्ण शमशेर राणाका भोगाधिकारीबाट १४ आना जग्गा घुस लिएको खुलेको छ ।

No comments