Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

मिटरब्याजसम्बन्धी विधेयक हाम्रो कारण निष्क्रिय भएको होइन : रवि लामिछाने

मिटरब्याजसम्बन्धी विधेयक हाम्रो कारण निष्क्रिय भएको होइन : रवि लामिछाने २३ असार, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ...

मिटरब्याजसम्बन्धी विधेयक हाम्रो कारण निष्क्रिय भएको होइन : रवि लामिछाने





२३ असार, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिबारे संसदमा जवाफ माग्ने बताएका छन् ।

पार्टीको प्रदेश समितिले रुपन्देहीको भैरहवामा शनिबार गरेको कार्यक्रममा उनले नेपाल प्रधानमन्त्रीको उक्त अभिव्यक्ति अनुचित भएकाले जनतालाई प्रष्ट पार्नुपर्ने बताए ।

नेपाली जनताले निर्वाचित गरेर पठाएको मान्छेलाई नेपाली जानताले भोट हालेको, नेपाली जनताले प्रधनमन्त्री बनाएको, हाम्रो हस्ताक्षर छ, भारतले प्रधानमन्त्री बनायो ? कोही एउटा भारतको मान्छे प्रधानमन्त्री बनाउन हिँड्यो भन्ने अभिव्यक्ति दिँदा हामीले प्रधानमन्त्रीको जवाफ माग्न सकिँदैन, माग्छौं हामी जवाफ’ उनले भने ।

२० असारमा प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो । उक्त दिन यही विषयमा संसद अवरोध भएपछि मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुन सकेन । त्यही कारण हाल उक्त अध्यादेश निष्क्रिय भएको छ ।

रास्वपा अध्यक्ष लामिछानेले आफूहरुका कारण उक्त अध्यादेश निष्क्रिय भएको भन्न नमिल्ने बताए । प्रधानमन्त्रीको स्पष्टीकरणपछि संसद सञ्चालन हुने आशा गरे पनि त्यस दिन सभामुखको भूमिका उचित नभएको उनले बताए ।

सरकारले नै अन्तिम दिनमात्र विधेयक ल्याएकाले मिटरब्याजसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक रोकिएको उनको दाबी छ ।

‘ जुन दिन पास नभए त्यो जिरोमा जान्छ, त्यही दिन लगेर सरकारले गर्न खोजेको के हो ? यसमा प्रश्न खडा हुन सक्छ’ उनले भने, ‘६० दिनको समयसीमा भएको यो विषयलाई सरकारले अन्तिम दिन, कुनै पनि विषय आउन सक्छ, कुनै दलले अवरुद्ध गराइदिन सक्छ, कुनै विपत्ति आउन सक्छ, तर त्यस्तो महत्वपूर्ण कुरा अन्तिम दिन लगेर सरकार आफैंले …।’

लामिछानेले सत्तारुढ दलका कयौं नेता र उनका आफन्त मिटरब्याजमा संलग्न भएको आशंका भइरहेका बेला सरकारले नै अन्तिम दिन विधेयक ल्याएर पारित नगर्ने जाल रचेको हुन सक्ने आशंका गरे ।

सभापति लामिछानेले अहिले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषयमा केही काम गरेको तर त्यो पर्याप्त नभएको बताए । उनले भ्रष्टाचारसम्बन्धी अहिले अनुसन्धान भएका र टुंगोमा नपुगेका वा कसैलाई उन्मुक्ति दिएका फाइल २०८४ मा रास्वपाले सरकारको नेतृत्व गरेपछि ठेगान लगाएरै छाड्ने दावी गरे ।

‘सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई पक्राउ गरेको छ । सरकारले जति भ्रष्टहरुलाई समात्छ, हामीलाई त्यति नै फाइदा हुन्छ । २०८४ पछि हामी आइहाल्छौं’ लामिछानेले भने ।



 

No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।