Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

यी चिनियाँ धनाढ्य जो विश्वविद्यालयको प्रवेश परीक्षामा २७ औँ पटक फेल भए

  यी चिनियाँ धनाढ्य जो विश्वविद्यालयको प्रवेश परीक्षामा २७ औँ पटक फेल भए बीबीसी । एक चिनियाँ धनाढ्यले आफ्नो देशको विश्वविद्यालयमा पढ्नका लाग...

 

यी चिनियाँ धनाढ्य जो विश्वविद्यालयको प्रवेश परीक्षामा २७ औँ पटक फेल भए







बीबीसी । एक चिनियाँ धनाढ्यले आफ्नो देशको विश्वविद्यालयमा पढ्नका लागि दिएको प्रवेश परीक्षामा आफू २७औँ पटकसम्म अनुत्तीर्ण भएको बताएका छन्। पछिल्लो पटक ७५० पूर्णाङ्कको परीक्षा दिएका उनले जम्मा ४२४ अङ्क मात्रै ल्याउन सफल भए। भर्ना हुनका लागि ३४ अङ्क नपुगेपछि ५६ वर्षका लियाङ सीले यो पटक पनि चिनियाँ विश्वविद्यालयमा पढ्ने आफ्नो धोको थाती राखेका छन्। यो वर्ष चीनमा विश्वविद्यालयमा भर्ना हुनका लागि एक करोड ३० लाख जनाले परीक्षा दिएका थिए। कैयौँ पटक अनुत्तीर्ण भएका लियाङले परीक्षा दिन लागेको विषयले स्थानीय सञ्चारमाध्यममा निकै चर्चा पाएको थियो।

सन् १९८३ देखि अनेकौँ पटक परीक्षा दिइसकेका लियाङले यो वर्षको परीक्षाफलले आफूलाई निराश बनाएको स्थानीय सञ्चारमाध्यमसँग बताएका छन्। उनले विश्वविद्यालयमा भर्ना हुने आफ्नो सपना पूरा हुनेमा आशङ्का लाग्न थालेको बताएका छन्। “मैले भन्ने गरेको थिएँः ‘म पास हुन सक्दिनँ भन्ने ठानेकै छैन’। तर अब मलाई चिन्ता लाग्न थालेको छ,” सिचुआनका ती व्यक्तिले तियान्मु न्यूजसँग भनेका छन्।

विश्वविद्यालय प्रवेशका लागि लिइने ‘गाओकाओ’ चीनमा निकै कठिन परीक्षाको रूपमा चिनिन्छ। यसमा विद्यालय तहको परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई गणित र अङ्ग्रेजीका साथै उनीहरूको रुचिका आधारमा विज्ञान र मानविकी विषयको जाँच लिइन्छ।

चिनियाँ सरकारको तथ्याङ्कअनुसार सन् २०२१ मा परीक्षा दिएकाहरूमध्ये ४१।६ प्रतिशतलाई मात्रै विश्वविद्यालय वा क्याम्पसमा पढ्नका लागि स्वीकृत गरिएको थियो। राम्रो जागिरका लागि विश्वविद्यालयको शिक्षा अनिवार्यजस्तै बनेको यो देशमा विशेषतः निम्नवर्गीय परिवारका मानिसहरूलाई गाओकाओ परीक्षा सफलताको मापकको रूपमा लिइन्छ।

सन् १९५० यता यो जाँच देशको शिक्षाप्रणालीकै केन्द्रमा छ। तर चिनियाँ सांस्कृतिक क्रान्तिको समयमा भने यसलाई निलम्बित गरिएको थियो। लियाङले चीनको प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुने र “बौद्धिक” हुने आफ्नो सपना रहेको बताए।

सन् १९८३ मा पहिलो पटक दिएको परीक्षामा अनुत्तीर्ण हुँदा उनी १६ वर्षका मात्रै थिए। त्यसपछि विभिन्न ठाउँमा जागिर गरेका उनले सन् १९९२ सम्म प्रत्येक वर्ष आवेदन दिइरहे। त्यसपछि भने उनलाई विश्वविद्यालयमा भर्नाका लागि उमेरले साथ दिएन। आफूले काम थालेकै वर्ष एउटा काठको कारखाना टाट पल्टिएपछि लियाङले आफ्नै काठको थोक व्यवसाय सन् १९९० को मध्यतिरबाट सुरु गरे। उनी विद्यार्थी जीवनमा भन्दा व्यवसायमा धेरै सफल हुँदै गए। एक वर्षमै १० लाख चिनियाँ युआन आम्दानी भएपछि उनले निर्माण सामग्रीहरूको व्यवसाय सुरु गरे। तर जब सन् २००१ मा चिनियाँ सरकारले गाओकाओका लागि उमेरको हदबन्दी अन्त्य गर्‍यो त्यसपछि उनले फेरि पढ्ने विचार गरे।

तर वर्षमा एक पटक मात्रै हुने प्रवेश परीक्षामा स्वास्थ्य वा व्यवसायमा भएको व्यस्तताका कारण उनी सहभागी हुन पाएनन्। उनले भाग्य बदल्नेभन्दा पनि कुनै पनि कुरामा हार नमान्ने आफ्नो इच्छाशक्तिका कारण परीक्षा दिइरहेको बताए।

“मलाई कलेज पढ्न नपाउनु एकदमै दुस्खको कुरा लाग्छ। उच्च शिक्षाबिना हाम्रो जीवन पूर्ण हुँदैन,” उनले सन् २०१४ मा स्थानीय पत्रिका द पेपर्समा भनेका थिए। यो वर्षको जुन ७ मा फेरि जाँच दिन उनी परीक्षा केन्द्र पुगे। पढाइमा ध्यान केन्द्रित गर्न भन्दै उनले मदिरा पिउन र खेलहरू खेल्न पनि बन्द गरिदिए।

तर फेरि पनि परिणाम उस्तै आयो। उनी अनुत्तीर्ण भए। लियाङ अघिल्ला वर्षहरूको तुलनामा आफूलाई पराजित भएको महसुस हुँदै गएको बताउँछन्। “अब यसलाई निरन्तरता दिने कि नदिने भनेर म सोचिरहेको छु,” उनले तियान्मु न्यूजसँग भनेका छन्। “मैले यसबारेमा विचार गर्नुपर्ने भएको छ।”

सिचुआनको अर्को एउटा सञ्चारमाध्यममा आएको अन्तर्वार्तामा उनले निरन्तरता दिनेमा थप आशङ्का व्यक्त गरेका छन्। “सम्भवतः म अर्को वर्षबाट दिन्न होला,” उनले भनेका छन्। “यदि अर्को वर्ष पनि परीक्षा दिएर फेल भएँ भने मेरो थर लियाङ नै मेरो नामबाट हटाइदिन्छु।”

No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।