Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

पोर्नको लत लागेकी महिलाले गरिन् यस्तो गल्ती, जीवन भयो बर्बाद

  पोर्नको लत लागेकी महिलाले गरिन् यस्तो गल्ती, जीवन भयो बर्बाद केही व्यक्तिहरु पोर्न फिल्मको लतमा यति डुबेका हुन्छन् कि उनीहरुको यसबाहेक ...

 

पोर्नको लत लागेकी महिलाले गरिन् यस्तो गल्ती, जीवन भयो बर्बाद



केही व्यक्तिहरु पोर्न फिल्मको लतमा यति डुबेका हुन्छन् कि उनीहरुको यसबाहेक अरु कुनै कुरामा ध्यान नै जाँदैन । सामान्य दिनचर्यामा समेत पोर्नले डेरा जमाइसकेको हुन्छ । केही व्यक्तिहरु यो लतलाई लुकाएर पनि लुकाउन सक्दैनन् । जसले गर्दा कतिपयको व्यक्तिगत जीवन नै बर्बाद हुनसक्छ । यसै लतबाट पीडित एक महिलाले आफ्नो कथा सामाजिक सञ्जालमा सेयर गरेकी छन्

ती महिलाले लेखेकी छन्, ‘आफ्नो पार्टनरसँगको यौन जीवन सुखमय बनाउन लागि मैले पोर्न हेर्न सुरु गरेँ । म पार्टनरसँग राम्रो याद बनाउन चाहान्थेँ । सबैभन्दा पहिले मलाई मैले गरेको काम सही छ कि छैन भनेर जान्ने इच्छा थियो । मैले पोर्न साइटहरु खोज्दै गएँ । मैले धेरै विकल्पहरु पनि भेटेँ । केही भिडियोहरुमा हिंसात्मक गतिविधिहरु पनि समेटिएका थिए । भिडियोमा जसरी महिलाले गतिविधि गरेकी थिइन् मलाई त्यस्ता गतिविधि सामान्य लाग्न थाल्यो ।’

उनले अगाडि लेखेकी छन्, ‘मलाई नराम्रो लागेपनि मैले ‘कुल’ बनाउने चिज खोजिरहेकी थिएँ । म शारीरिक सम्पर्कलाई सपिङ गर्दा महसुस हुने खुशी जस्तो रुपमा अनुभव गर्न चाहान्थे । जसले मेरो पार्टनरलाई मोहित गरोस् । यौनसम्पर्कको समयमा मेरो पार्टनर जतिसुकै हिंस्रक होस् त्यसलाई चुपचाप सहनुपर्छ भन्ने लाग्थ्यो ।

उनले पोर्नले हरेक कुरालाई सहजै स्वीकार गर्नुपर्छ भन्ने गलत सोचको विकास गरिदिएको बताएकी छन् । उनी भन्छिन्, ‘मैले सुरुमा सम्बन्ध बनाएपछि नै मलाई नराम्रो लागेको व्यवहारलाई अस्वीकार गरिन । मैले मनमा यही कुरालाई राखेकी थिएँ कि पार्टनको हरेक हर्कत अस्वीकार नगरुँ । यसले मेरौ यौन जिवन तहसनहस भएर गयो ।’

विस्तारै उनले यो गतिविधि सही नभएको महसुस गर्न थालेको बताइन् । उनले यस्ता शारीरिक सम्पर्कले ज्यान समेत जाने डर उनीमा बढ्न थाल्यो । उनले अगाडि भनिन्, ‘पोर्नको असर वर्षौंसम्म रहीरह्यो । मैले यसकारण आफूलाई असुरक्षित महसुस गर्न थालेँ । मैले हरेक हिंसालाई स्वीकार गरेका कुराहरुले मनमा नराम्रो अनुभव हुन थाल्यो । शारीरिक सम्बन्ध दुई जनाकै राजीखुशीमा सहर्ष स्वीकार गरेर माया बढाउने प्रक्रिया हो भन्ने कुरा मैले धेरै पछि मात्र बुझेँ । हरेक सम्बन्धमा सभ्य तरिकाले अगाडि बढ्नुपर्छ भन्ने कुराको ज्ञान प्राप्त गरेकी छु ।’



No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।